धरहरा | |||||||||||
विसं १९९० भन्दा पहिलाको धरहरा | |||||||||||
स्थान: | काठमाडौं, नेपाल | ||||||||||
निर्देशांक: | ![]() | ||||||||||
उचाई: | ६१.८८ मिटर | ||||||||||
निर्माण: | विसं १८३२ | ||||||||||
धरहराको एक दृश्य
इतिहास
धरहराको निर्माण विसं १८८२ सालमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप निर्माण गर्न लगाएका थिए । त्यस समयमा यसको उचाई अहिले भन्दा २ तल्ला बढी अर्थात ११ तल्ला थियो ।विसं १९९० सालको महाभूकम्पले धरहरा पनि भत्कियो। दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमसेरले साबिक बमोजिम नौ तल्ला नै कायम गरी पुनः निर्माण गरेका थिए। हालको धरहराको सातौं तल्लामा बार्दलीछ। धरहराको उचाइ ६१.८८ मिटर (२०३ फिट) छ। धरहरा भित्र २१३ सिँढी र बाहिर २५ सिँढी छन्। धरहराको १८८ सिँढी उक्लिएपछि बार्दली आउँछ। बार्दलीबाट काठमाडौं उपत्यकाको अधिकांश भाग सजिलैसँग देखिन्छ। धरहराको सबैभन्दा माथिल्लो तलामा शिवलिङ्ग छ। टुप्पोमा गजुर रहेको ऐतिहासिक स्मारक धरहरा धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण छ। धरहराको निर्माण मुगलशैलीमा गरिएको छ भने वरिपरिको पर्खाल पनि सोहि शैलीमा निर्माण गरिएको छ। धरहराको निर्माण ईटा र बज्र (सुर्की, चून, मास र चाकुको मिश्रण) बाट भएको हो। [१]
सन्दर्भ सामग्रीहरू
- दुइटा थिए धरहराहिमाल खबरपत्रिका
बाह्य कडीहरू
![]() | विकिमिडिया कमन्समा अरु धेरै सामग्रीहरू छन्: धरहरा |